तेश्रो नेपाली चलचित्र महोत्सवका लागि लन्डन आइपुगे चर्चित कलाकार तथा प्राविधिक टोली

युनाइटेड किङ्गडमको राजधानी लन्डनमा यही शनिबार (मे ३१) तेश्रो नेपाली चलचित्र महोत्सव को समापन समारोह आयोजना हुँदैछ, जसका लागि नेपालबाट चर्चित कलाकार तथा प्राविधिक टोली लन्डन आइपुगेका छन्।

बिहीबार हिथ्रो विमानस्थल हुँदै लन्डन आइपुगेका अतिथिहरूलाई आयोजक संस्था थर्ड आइ लन्डनले भव्य रूपमा स्वागत गरेको हो। स्वागत कार्यक्रममा आयोजक तर्फबाट विकास देवकोटा, सुनिलबाबु खड्का, रोमियन लिम्बु, प्रशान्त खड्का लगायतले खादा लगाई सम्मान गरे।

Third Nepali Film Festival

नेपालबाट आएका विशिष्ट अतिथिहरूमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, लोकप्रिय गायक प्रताप दास, गायिका सुवानी मोक्तान, संगीतकर्मी राजेश बर्देवा, नृत्याङ्गना आश्मा विश्वकर्मा, र सिनेमाटोग्राफर रुपेश थापा लगायत रहेका छन्।

Third Nepali Film Festival

यसअघि नै लन्डन पुगिसकेका नायिकाद्वय विपना थापा र निती शाह तथा अभिनेता धिरेन शाक्य पनि कार्यक्रममा सहभागी हुँदै छन्। यस्तै नायिका नम्रता योगीतेजुला खतिवडा पनि आज लन्डन आइपुग्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा बेलायतमै बसोबास गरिरहेका नेपाली सेलिब्रेटीहरू, कलाकार तथा नेपाली समुदायका अगुवा व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

समापन समारोह ग्रीनफोर्ड टाउन हलमा आयोजना हुनेछ, जहाँ नेपाली चलचित्र, भाषा, कला, संगीत र सांस्कृतिक विविधताको भव्य उत्सवको रूपमा कार्यक्रम सम्पन्न गरिनेछ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरूले सांगीतिक प्रस्तुति, नृत्य, अभिनय लगायतका विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्। साथै, नेपाली चलचित्र क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

कलाकारहरूले कार्यक्रमप्रति उत्साह प्रकट गर्दै लन्डनवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई आफूहरूलाई हौसला दिन विशेष अनुरोध गरेका छन्।

Leave A Comment

All fields marked with an asterisk (*) are required