न्यूयोर्कमा ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड गरिने

काठमाडौं। नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड न्यूयोर्कमा आयोजना गरिने भएको छ। नक्सालस्थित हिल्टन होटलमा टप सप काठमाडौं द्वारा आयोजित पहिलो प्रेस मिट कार्यक्रममा यसबारे औपचारिक जानकारी गराइएको हो।

कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, निर्देशक दिलिप समन लगायत अन्य चर्चित व्यक्तित्वहरू कार्यक्रममा सहभागी भएका थिए।

यस अवार्ड समारोहको मुख्य उद्देश्य नेपाली चलचित्र तथा संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ। नेपाली कला, संस्कृति, र मनोरञ्जनलाई विश्वव्यापी रूपमा चिनाउने लक्ष्यका साथ आयोजना गरिने यो अवार्डले उत्कृष्ट कलाकारहरूलाई सम्मान गर्नेछ। विभिन्न विधामा अवार्ड प्रदान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड समेत वितरण गरिनेछ, जसले नेपाली चलचित्र र संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान गर्नेछ।

अवार्ड समारोहको आयोजना रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेशनल एलएलसीका लकेश श्रेष्ठ, र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त पहलमा सम्पन्न गरिनेछ। कार्यक्रमलाई भव्य र आकर्षक बनाउन विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहकार्य रहनेछ।

यस प्रतिष्ठित अवार्ड समारोहको टाइटल स्पोन्सर टप सप काठमाडौं, सह-प्रायोजक समिप इन्टरटेनमेन्ट, तथा सार्वजनिक सम्पर्क साझेदार Series Nepal Pvt. Ltd. रहेका छन्। Series Nepal Pvt. Ltd. ले यस कार्यक्रमको प्रचारप्रसार तथा ब्रान्डिङमा विशेष भूमिका निर्वाह गर्नेछ।

नेपाली कला, संगीत, र सिनेमा अब अन्तर्राष्ट्रिय मञ्चमा! न्यूयोर्कमा हुन गइरहेको यस अवार्ड समारोह नेपाली मनोरञ्जन क्षेत्रको लागि ऐतिहासिक क्षण सावित हुने अपेक्षा गरिएको छ।

Leave A Comment

All fields marked with an asterisk (*) are required