रेक्खा शाह र कुटुम्बा ब्यान्डको सहकार्यमा “मैना चरीलाई” सार्वजनिक

नेपाली संगीत क्षेत्रमा चर्चित गायिका रेखा शाहले आफ्नो नयाँ म्युजिक भिडियो “मैना चरीलाई” सार्वजनिक गरेकी छन्। २०८३ सालमा रिलिज गरिएको यस गीतमा उनले प्रसिद्ध लोक वाद्य समूह कुटुम्बा ब्यान्डसँग सहकार्य गरेकी छन्। गीत रिलिज भएसँगै नेपाली संगीतप्रेमीहरूबीच यसले उल्लेखनीय चर्चा पाएको छ।

रेखा फाउन्डेसनको प्रस्तुति रहेको “मैना चरीलाई” गीतको शब्द, संगीत र स्वर स्वयं रेक्खा शाहको रहेको छ। गीतको संगीत संयोजन पुष्कर खतरीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन्। गीत प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतमा कुटुम्बा ब्यान्डका अनुभवी कलाकारहरूले परम्परागत नेपाली वाद्ययन्त्रमार्फत संगीत भरेका छन्। कुटुम्बाका सदस्यहरूमा अरुण मानन्धर (टुङना, अर्बाजो), किरण नेपाली (सारंगी), पवित्र महारजन र राजु महारजन (पर्कसन), रुबिन कुमार श्रेष्ठ (बाँसुरी) र सिद्धार्थ महारजन (इफेक्ट्स) रहेका छन्। उनीहरूको प्रस्तुतीले गीतलाई लोक संगीतको मौलिक स्वाद दिएको छ।

म्युजिक भिडियोको निर्देशन नितिन चन्द र रुपेश थापाले गरेका हुन्। भिडियोको सिनेमाटोग्राफी रुपेश थापाकै रहेको छ। सहायक क्यामेरामा ऋतिक खड्का, शेखर खड्का र रूपक खरेलले काम गरेका छन्। भिडियो ताज प्यालेसमा छायांकन गरिएको हो।

भिडियोको प्रकाश व्यवस्थापन बिनोद श्रेष्ठ र उनको टोलीले गरेका छन् भने क्यामरा टेकरको रूपमा पुरुषोत्तम नेपाल रहेका छन्। यस भिडियोका कार्यकारी निर्माता भुपेन्द्र खड्कानिर्माता सन्चिता तामाङ (Aviana Apparel) हुन्। भिडियोमा कलाकारको वेशभूषा KASA र मेकअप निशुमले गरेका छन्।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया देखिएको छ। दर्शक तथा श्रोताहरूले रेखा शाहको स्वर, कुटुम्बा ब्यान्डको लोक वाद्य प्रयोग र भिडियोको समग्र प्रस्तुतिलाई प्रशंसा गरेका छन्। धेरैले गीतलाई “सुन्ने बित्तिकै मन छुने” र “नेपाली लोक संगीतको आधुनिक रूप” भनेर प्रतिक्रिया दिएका छन्।

“मैना चरीलाई” गीतलाई नेपाली लोक फ्युजन संगीतको सशक्त उदाहरणको रूपमा हेरिएको छ। परम्परागत बाजा र आधुनिक संगीत संयोजनको कारण यो गीत सबै पुस्ताका श्रोतामाझ रुचाइएको देखिन्छ।

हाल “मैना चरीलाई” रेक्खा शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नेपाली संगीतप्रेमीहरूले गीत र भिडियो दुबैलाई उत्साहका साथ ग्रहण गरिरहेका छन्।

Leave A Comment

All fields marked with an asterisk (*) are required